
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै औपचारिक रूपमा जवाफ दिने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा सम्बन्धी विवादबारे प्रश्न उठाएका थिए ।
सांसदहरूको जिज्ञासापछि जवाफ दिँदै मन्त्री लेखकले समितिमा मात्र जवाफ दिनु पर्याप्त नहुने जनाउँदै, संसदको पूर्ण बैठकमा सम्बोधन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।
विपक्षी दलहरूले गृहमन्त्री लेखक स्वयं पनि प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसद अवरुद्ध गर्दै आएका छन् । उक्त सन्दर्भमा सांसदहरूको चासो बढ्दै गएको छ ।