
काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले जेठ १९ गतेका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको हो।
संयुक्त जनआन्दोलन समिति संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको मागसहित आन्दोलनरत छ।
