
गाजा – गाजामा खाद्यान्न हारालुछ हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। तीन महिना इजरायलले राहत वितरणमा बन्द गरेपछि पहिलो पटक खाद्यान्न वितरण भएको हो।
मंगलबार दिउँसो गर्मीमा भएको भीडमा एक आपसमा मानिस थिचिएका थिए। गाजा मानवीय फाउन्डेसनले सो राहत वितरण गरेको हो।
गाजाबासी लाइनमा बसिरहेको समयमा घेरा हालेर बसेका इजरायल सेनाले बारम्बार बन्दुक पड्काएका थिए। उनीहरूले अवस्थालाई नियन्त्रणमा लिन तथा सहज बनाउन बन्दुक पड्काइएको दाबी गरेका छन्। राहत वितरण भने लगातार चल्ने जनाइएको छ।
२० लाख मानिसहरू खाद्यान्नका लागि तड्पिरहेको समयमा जिएचएफको योजना त्यहाँ पुगेको हो।
निश्चत वितरण केन्द्र स्थापन नगरेर गरिएको यो वितरण नै मानवताको खिल्ली उठाउने खालको भएको राष्ट्र सङ्घ निकट निकायले बताइ सकेका छन्। राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारेले गाजाका अवस्था हृदय विदारक भएको बताएका छन्।