
काठमाडौं– पाकिस्तानले गरेको गोलाबारीका क्रममा भारतको जम्मू कश्मीर क्षेत्रमा एक जना उच्च अधिकारीको मृत्यु भएको छ।
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यस्तो जानकारी सामाजिक सञ्जाल एक्स मार्फत दिएका हुन्। जम्मू कश्मीर प्रशासनमा कार्यरत अधिकारीको मृत्यु भएको बताइएको छ।
उमर अब्दुल्लाहले राजौरी शहरमा एक अधिकारीको मृत्यु भएको जनाएका छन्। उनले लेखेका छन्,‘पाकिस्तानका तर्फबाट भएको गोलाबारीमा राजौरी शहरलाई टार्गेट गरियो। यसका दौरान अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशानामा परेको हो। यस क्रममा उनको मृत्यु भयो।’