
काठमाडौं– पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीयको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्स र एउफपीले भारतीय सेनालाई उदृत गरी कश्मिर क्षेत्रमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जनाको मृत्यु भएको जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतको आक्रमणमा दुई बालबालिकासहित ७ जना पाकिस्तानी नागरिकको मृत्यु भएको बीबीसीलाई बताएका छन्।
भारतीय सेनाले मस्जिदसहित कयौं स्थानलाई निशाना बनाएको चौधरीको दाबी छ।