काठमाडौं, ६ कात्तिक। भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजलाई पार्किङ्ग वेमा राखेपछि विमास्थल सुचारु भएको छ ।
दिल्लीबाट काठमाडौंको लागि उडेको टाटा र सिंगापुर एयरलाइन्सको ज्वन्टभेन्चरको भिस्तारा एयरलाइन्सको विमानमा बमको हल्लाले केही समय त्रिभुवन विमानस्थलमा तनाबग्रस्त बनेको थियो ।
अहिले विमानस्थलमा उडान र अवतरणका काम सुचारु गरिएको छ । केहीसमयअघि मात्रै बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गरेको छ ।
प्रहरीले विमानलाइ छुट्टै राखेर खोजतलास गरिरहेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।विमानस्थल स्रोतले भन्यो,’यात्रु र विमानको आवश्यक सुरक्षा जाँच गरेपछि मात्रै वास्तविकता थाहा हुन्छ। हामी अहिले सुरक्षा जाँच गरिहेका छौं।’
उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे अवतरण भएको हो।