
रामेछाप, ३ कात्तिक । दशैंमा टिका लगाउन मामाघर गएका बालकको छतबाट खसेर निधन भएको छ ।
नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई टिका लगाउनको लागि मामाघर रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-३ थामचौर गएका सन्तोष तामाङको १५ महिनाको छोरा खेल्ने क्रममा छतबाट तल खसेका थिए ।
मावल हजुरबुवा टिका थापामगरको घरको दुई तले छतमा खेलिरहेका बालक शुक्रवार बेलुका ५:३० छतबाट खसेका थिए ।
गम्भीर घाइते बालकको टोकरपुर स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीलाई घरमा नै बोलाएर उपचार गराउँदा स्वास्थ्यकर्मीले तत्काल नजिकै अस्पताल लैजान सुझाव दिएका थिए ।
थप उपचारको लागि तामाकोशी अस्पताल मन्थलीमा शुक्रवार राती ८:४५ बजे ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषित गरेका हुन् ।
मृतक बालकको शव पोस्टमार्टमको लागि मन्थली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।