धुलिखेल, १४ असोज । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा हालसम्म ५७ जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो विवरणअनुसार ५७ व्यक्तिको ज्यान गएको हो ।
बाढी, पहिरो र डुबानमा परेर अझै चार जना बेपत्ता छन् । उनीहरूको खोजतलास जारी छ ।
विपद्को कारण ५२ जना घाइते छन् । प्रहरीका अनुसार ३९९ व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ भने तीन हजार २७४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
मृतकमध्ये ३८ जनाको प्रक्रिया पुरा गरेर शव जिम्मा लगाइएको छ भने बाँकीको शव सनाखत लगायतका अन्य प्रक्रिया पुरा गर्न बाँकी नै छ ।