धादिङ, १२ असोज । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई सवारी साधनबाट १४ शव निकालिएको छ ।
काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको हो । जसमा एक जना बालक, ५ महिला र ८ जना पुरुषहरू रहेका छन् ।
बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ ।
हाल खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए ।