चितवन, १२ असोज । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ ।
सडक दबेको कारण ठुला सवारीसाधन आवागमन पूर्ण रूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भासिएको ठाउँमा एउटा गाडी पल्टिएको छ ।
भासिएको ठाउँमा ग्राभेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
लगातारको वर्षाको कारणले गए राती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।