काभ्रे, ११ असोज । माथिबाट आएको लेदोसहितको पहिरोले बि.पी राजमार्ग केही समय अवरुद्ध भएको छ ।
आज बिहान ९:१५ बजे रोशि गाउँपालिका-८ चारसयवेशिमा अबिरल वर्षाद्को कारण माथिबाट लेदोसहित पहिरो आउँदा केही समय बाटो दुईतर्फी रुपमा नै अवरुद्ध भएको थियो ।
स्थानीय निकाय र सडक विभागको समन्व्यमा ९:४५ बजेदेखि एकतर्फ रुपमा बाटो खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।