काठमाडौँ, ९ असोज । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनी आइतबार विद्युतीय अपराध कसुरमा भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।
यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको हो ।
पक्राउ परेकै दिन प्रसाईँको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएमा हिजो मात्र डिस्चार्ज गरिएको थियो।
प्रसाईँलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईँलाई साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।