काभ्रे, ६ असोज । सिरहाबाट भुस्सा (गाईवस्तुलाई खुवाइने परसाल आदि काटिएका मसिना टुक्रा) लिएर आएको ट्रकमा ठूलो परिमाणमा पटका बरामद भएको छ ।
हिजो (शनिबार) साँझ ५:०० बजे वि.पी. राजमार्ग सडक खण्डको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङमा सिराहबाट भुस्सा लोड गरी काठमाण्डौं तर्फ आउँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकमा २६ कार्टुन पटका बरामद भएको हो ।
प्रहरीको नियमित चेकिङको क्रममा ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा भुस्सा भित्र अबैध रुपमा लुकाई छिपाई ल्याएको २६ (छब्बिस) काटुन पटका फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले बताए ।
प्रहरीका अनुसार ट्रक चालक फरार छन् उनको खोजतलास जारी छ ।
प्रहरीले नियन्त्रणमा लिएको सामानको विवरण
१. ‘जोकर’ लेखिएको पटका ५ ( पाँच काटुन ) प्रति काटुनमा ८० प्याकेटको दरले जम्मा चार सय प्याकेट ।
२. ‘हाइ स्पीड स्पिनर’ लेखिएको ५ काटुन प्रति काटुन २४० बण्डलको दरले जम्मा बाह्र सय प्याकेट ।
३. सिंगल रकेट लेखिएको दुई काटुनमा ४८ प्याकेट प्रति प्याकेट १५ पिसको दरले जम्मा सात सय बिस पिस ।
४. खुर्सानी ‘कोब्रा’ लेखिएको पटका १४ बोरामा प्रति बोरा १७/१८ को दरले जम्मा २३९ एबण्डल प्रति बण्डलमा ५० प्याकेट प्रति प्याकेटमा २४ पिसले जम्मा दुई लाख छयासी हजार आठ सय पिस