नुवाकोट, ३ असोज । नुवाकोटस्थित त्रिशूली नदीको पुलबाट हामफालेर हिजो एक किशोरी बेपत्ता भएकी छन् ।
जिल्लाको बेलकोटगढी नगरपालिका-५ केउरेनीमा पुलबाट त्रिशूली नदीमा हामफालेकी किशोरीको अवस्था यो समाचार तयार पार्दासम्म अज्ञात नै छ ।
तार्केश्वर गाउँपालिका-३ हटिया टोल बस्ने बिष्णु श्रेष्ठको छोरी अन्दाजी १७ वर्षकी अन्जना श्रेष्ठ हिजो साँझ ५:३० बजेदेखि बेपत्ता भएकी हुन् ।