विराटनगर, २२ भाद्र । अनलाइनमार्फत सट्टेबाजी गर्ने कार्यमा संलग्न भएको अभियोगमा विराटनगरबाट दुई युवा पक्राउ परेका छन् ।
विराटनगर-१२ मा विभिन्न अनलाईन एप्स मार्फत अनलाईन सट्टेवाज सम्बन्धी गैर कानुनी कृयाकलाप गर्दै आएको भन्ने विशेष सुचनाको आधारमा वर्ष २० को उत्सव अर्याल र १८ वर्षको उत्कृष्ट अर्याललाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले प्रयोग गर्ने गरेको एन्ड्रोईड मोबाईल सेटमा ‘वान एक्स बेट’ लगायतका एप्स डाउलोड गरी सञ्चालन गरेको तथा सो मार्फत अनलाईन डिजिटल खाताहरु समेतबाट सट्टेबाजी लिनेदिने कार्य गरेको पाईएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले केटिएम दैनिकलाई बताए ।
बस्नेतका अनुसार उनीहरूलाई भदौ १८ गते पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।
युवाहरूको कोठाबाट कम्प्युटरको सीपीयू, राउटर र दुईवटा मोबाईलसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको डिएसपी बस्नेतले बताए ।