काठमाडौं, १९ भदौ । सिन्धुली, कमलामाई नगरपालिका-१० माथिल्लो भडारमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक व्यक्तिको निधन भएको छ ।
स्थानिय कमला खोलामा माछा मार्न गएका ४२ वर्षीय लाल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै सर्लाही, बलरा नगरपालिका-५ अर्नाहा बस्ने ५५ वर्षीय फुलदेव रामको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै तरकारी बारीमा बाँस गाड्ने क्रममा मिटरको नाङ्गो तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि भारतको मेजरगंजतर्फ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।