काठमाडौँ, १७ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो पार्नको लागि पार्टीले महत्त्वपूर्ण निर्णय लिएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई ५ लाख कायम गर्न सरकारसँग माग गरेको छ ।
आइतबार साँझ सामाजिक सञ्जाल मार्फत मन्त्री पौडेलले नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो बनाउन महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिएका हुन् ।
पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागु गर्ने र दायरा बढाउने कुरालाई केन्द्रले अपनत्व लिएकोमा उनले आभार व्यक्त गरेका छन् ।
पार्टी केन्द्रीय समिति बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बिमाप्रति आकर्षित गर्नका लागि यस्तो व्यवस्था माग गरिएको उल्लेख छ ।