स्याङ्जा, १६ भाद्र । स्याङ्जामा गुडिरहेको एम्बुलेन्समा अचानक आगलागी भएको छ ।
शुक्रवार राती १०:०० बजे वालिङबाट बिरामी लिएर पोखरातर्फ गइरहेको एम्बुलेन्समा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्र बहादुर रानाका अनुसार पुतलीबजार-११ करेन डाँडा स्थित सिद्धार्थ राजमार्गमा गह्रौ प्राथमिक अस्पताल वालिङ, स्याङ्जाको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा आगलागी भएको हो ।
आगलागीका कारण एम्बुलेन्स पूर्ण रूपमा क्षति भएको छ ।
प्रारम्भिक अनुसन्धानमा गाडीको तार सर्ट भई आगलागी भएको हुनसक्ने देखिएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
दमकलको सहायतामा शुक्रवार राती ११:१५ बजे उक्त आगो नियन्त्रणमा लिइएको थियो ।