दाङ, २ भाद्र । खोलामा बगेका दाउरा निकाल्ने क्रममा राप्ती नदीमा खसेका बालकको सुरक्षाकर्मीले सकुसल उद्दार गरेका छन् ।
आज दिउँसो राप्ति गाउँपालिका-३ खुरुरिया मा रहेको झोलुङगेपुलबाट डोरीको सहायताले नदीमा बगेका दाउरा निकाल्ने स्थानीय १३ वर्षका सुधन चौधरी नदीमा झरेका थिए ।
नदीमा अड्किएर बसेका बालकलाई एक घण्टापछि सकुसल उद्दार गरिएको हो ।
प्रहरी कार्यालय भालुवाङबाट प्रहरी टोली र ज्वालामाई गण भालुवाङ दाङबाट सशस्त्र प्रहरी टोलीले ती बालकको उद्दार गरेको दाङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।