काठमाडौं, ३२ श्रावण । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।
माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले हिमपहिरो हो कि हिमताल फुटेको यकिन भइनसकेको बताइन् ।
बाढी आएको स्थान सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा पर्ने बताइएको छ ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका भिडिओमा बाढीले घरहरू डुबाएको देख्न सकिन्छ ।