उदयपुर, ३२ श्रावण । अर्कैको कागजात र परिचयपत्र बोकेर आफूलाई इन्जिनियर बताउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सर्लाहीको साविक गडहिया गा.वि.स.-४ बस्ने वर्ष ३४ को जवराहिल मंसुरी लाई नक्कली कागजपत्र सहित पक्राउ गरेको छ ।
उनको साथबाट भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभागबाट जारी भएको स्थायी नियुक्ती पत्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग बबरमहल काठमाण्डौबाट जारी भएको सिभिल ईन्जिनियर (अधिकृत छैठौ) लेखिएको परिचय पत्र समेत भेटिएको उदयपुर प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए ।
तर सबै कागजात रौशन अधिकारीको नाममा जारी भएका हुन् । पक्राउ परेका मंसुरीले आफूलाई रौशन अधिकारी बताउँदै आइरहेका थिए ।
उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको डिएसपी चपागाईले बताए ।