हेटौंडा, ३१ श्रावण । अरिँगालले टोक्दा बिरामी भएका एक व्यक्तिको उपचारको क्रममा निधन भएको छ ।
जिल्लाको ईन्द्रसरोबर-४ छापडाँडा बस्ने अन्दाजी ३२ वर्षको सुमन गोलेलाई बुधबार बेलुका अरिँगालले टोकेको थियो ।
छिमेकीको बारीमा काम गर्ने क्रममा अरिँगालले टोकेपछि उनलाई उपचारको लागि मनमोहन स्मृती सामुदायीक अस्पताल, फर्पिङ काठमाडौं ल्याइएको थियो ।
अस्पतालमा उपचारको क्रममा आज बिहान ०:५० बजेको समयमा उनको निधन भएको इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले जनाएको छ ।