वीरगञ्ज, २५ श्रावण । वीरगञ्ज-६ बाट प्रहरीले ठूलो परिमाणमा ‘इलेक्ट्रोनिक भेप’ बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा आज दिउँसो रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पक्की घरमा भण्डारन गरेर राखिएको १५ हजार २०० पिस इलेक्ट्रोनिक भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घरमा गोदाम राख्ने व्यक्ति भारत विहार बस्ने सुदामा प्रसाद हुन् ।
उनले अनाधिकृतरूपमा भण्डारण गरी राखेको ७६ कार्टुन भेप बरामद भएको हो ।बरामद भएको भेपको बजार मूल्य अन्दाजी चार करोड ८६ लाख २४ हजार ८०० रहेको बताइएको छ ।
भेप विद्युतीय चुरोट हो यसले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानि गर्ने विज्ञहरूको भनाई छ ।
नेपालमा ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा विद्युतीय चुरोट विभिन्न देशबाट निर्यात हुने गरेका छन् ।