काठमाडौँ, २५ श्रावण । काठमाडौंको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो।
सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो ।
हिजो रातिदेखि सो सडकमा आवतजावत बन्द भएको थियो ।
अहिले भासिएको सडक केही समयअगाडि पनि भासिएको थियो । उक्त समयमा सडक पुरेर पिच गरेतापनि पछिल्ला दिनहरूमा भएको अविरल वर्षाको कारण सडक पुन: भासिएको हो ।
अहिले सडक भासिएको स्थानमुनि टुकुचा खोला बगिरहेको छ । सार्वजनिक भएका तस्बिरमा तल टुकुचा खोला बगिरहेको देखिन्छ भने खोलामाथि लगाइएको पर्खाल पनि जिर्ण अवस्थामा भएको देख्न सकिन्छ ।