काठमाडौँ, २३ श्रावण । बङ्गलादेशमा भइरहेको प्रदर्शनमा त्यहाँ रहेका हिन्दू धर्म मान्ने मानिसहरूमाथि बर्बरतापूर्ण आक्रमण भएको भन्दै विश्व हिन्दू परिषद्, नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्का महासचिवले जितेन्द्र कुमार सिंहले आज एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादी समूहहरूद्वारा बर्बरतापूर्ण आक्रमण सुरु गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मानवता विरोधी जिहादी तत्त्वहरूद्वारा घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद्, नेपाल घोर भर्त्सना गर्दछ । साथै घटनामा संलग्न जिहादी समूहहरू प्रति गम्भीर हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।’
मुस्लिम समुदायका व्यक्तिहरूले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम बङ्गलादेशी हिन्दू समाजमाथि बर्बरतापूर्ण आक्रमण गर्दै हिन्दू मठ मन्दिर समेतलाई निशाना बनाएको घटनाले समस्त सनातन हिन्दू समाजलाई आहत एवं आक्रोशित बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आतङ्क तथा अपराधी प्रवृत्तिका तत्त्वहरूको समय मै उपचार नहुँदा उनीहरूको मनोबल बढेको महासचिव सिंहले बताए ।
उनले भने, ‘उक्त घटनामा संलग्न आन्दोलनकारी भनिएका कट्टर जिहादीहरुलाई कारबाही माग गर्नुको साटो उनी प्रति समर्थन जनाउनु निर्दोष बङ्गलादेशी हिन्दू समाजमाथि अन्याय हो तसर्थ विश्वका सम्पूर्ण मानवतावादी एकजुट भई बङ्गलादेशी इस्लामिक जिहादी बर्बरताको विरुद्ध आवाज उठाऔँ ।’
परिषद्ले जारी गरेको विज्ञप्ति