काठमाडौं, २१ साउन । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५० हजार कायम भएको छ ।
यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो । यसअगाडि श्रावण २ गते सुनको मूल्य तोलाको एक लाख ४८ हजार ८०० मा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।