पोखरा, १२ भाद्र । निर्धारित सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने १७ वटा स्कुल बसलाई कारबाही गरिएको छ ।
मङ्गलवार बिहानदेखि बेलुकासम्म पोखरा महानगरका विभिन्न स्थानमा गरिएको विशेष चेकिङमा १७ बसलाई कारबाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई सय २३ वटा स्कुल बसको चेकजाँच गर्दा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रहरीले चालकहरूलाई ट्राफिक नियम उल्लङ्घन गरेर सवारी नचलाउन सम्झाई बुझाई समेत गरिएको जनाइएको छ ।