सिन्धुपाल्चोक, ३ भाद्र । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।
प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका पाँच पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीद्वारा जारी सूचनामा भनिएको छ पाँचपोखरी गाउँपालिका वडा नं ७ र ८ मेलम्ची नगरपालिका वडा नं ७, ९,११,१२ र १३ र इन्द्रावती गाउँपालिका वडा नं १०,११ र १२ लगायतका नदि तटमा बस्ने स्थानीय वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्छ ।