पोखरा । आज बिहान एलपी देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको बस दुर्घटना हुँदा अहिलेसम्म दुई जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका-२१ गुड्कु स्थित भित्री सडक खण्डमा आज बिहान ८:५५ बजे स्कुलका विद्यार्थी लिएर पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो ।
अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको उक्त बसमा चालकसहित ३० जना सवार थिए । यो समाचार तयार पार्दासम्म दुईजनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
निधन हुनेमा सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्ने ३३ वर्षीया आरती बि.क. र उनको ६ वर्षको छोरा प्रिन्स बि.क. रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।
घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिम क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।
एसपी थापाका अनुसार घाइतेमध्ये एकजना शिक्षक, बच्चाको फी तिर्न सोही स्कुल बसमा चढेकी एक अभिभावक र अर्कै स्कुलमा पढ्ने एक विद्यार्थी छन् भने चालकसहित बाँकी सबै सोही विद्यालयका विद्यार्थी हुन् ।
घाइतेहरूको नामावली
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु :-
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि.क., अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।
३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।
६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।
७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।
८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य ।
९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।
१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।
१२) ऐ.ऐ. बस्ने अं. बर्ष ६ को प्रिन्स बि.क., को उपचारको क्रममा ऐ. १०:४५ बजे चिकित्सकद्वारा मृत घोषणा गरेको ।
१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., अबस्था मध्यम ।
१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।
१५) ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-
१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।
६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।
७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., अबस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।
१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।
१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-
१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।
२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।
३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।