
बनेपा । काभ्रेको रोसी नदी किनारमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । जिल्लाको तेमाल गाउँपालिकाको पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव भेटिएको हो ।
मृतक महिला रोसी गाउँपालिका-९ चिउरीवासका छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए ।
मृतकका पति घटनास्थलमा पुगेर शवको सनाखत गरेका हुन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुलेको छैन ।
नग्न अवस्थामा शव भेटिएको हुनाले उनको मृत्यु रहस्यमय रहेको बताइएको छ ।
डिएसपी श्रेष्ठले घटनाको बारेमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाए ।