
कञ्चनपुर, १६ श्रावण । जंगली जनावर बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
मंगलबार बेलुका जिल्लाको शुक्लाफाटा नगरपालिका-५ खजुवा बस्ने अन्दाजी ३० वर्षीया मानमती साउँदलाई बाघले आक्रमण गरेको थियो ।
आफ्नै घर नजिकै रहेको गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घाइते भएकी साउँदको टी एण्ड सी अस्पताल झलारीमा उपचार भइरहेको छ ।
बाघको आक्रमणबाट घाइते महिलाको अवस्था सुधारोन्मुख भएको प्रहरीको भनाई छ ।