
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । योसँगै रोका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा फर्केकी छिन् ।
रोकाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको थियो ।
सम्भवत भोलि सोमबार थुनछेक बहस सकिने बताइएको छ । बहस सकिएको अवस्थामा रोकालाई धरौटी तथा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश आउने छ ।