काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।
भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिनुका साथै बालुवाटारस्थित निवासमा पुगेका सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई पनि टीका लगाइदिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार उनले टीका लगाइदिँदै उपस्थित सबैसँग विजयादशमीको शुभकामना आदानप्रदान गरेकी थिइन्।