बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा अभिनेता श्राफमाथि गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार अभिनेता श्राफमाथि गोली प्रहार भएको हो । अभिनेता श्राफ भने सुरक्षित रहेको प्रहरीलाई उल्लेख गर्दै एनडीटीभीले लेखेको छ ।
श्राफमाथि आइतबार साँझ मुम्बईको जुहूमा बाइकमा आएका तीन जना पुरुषले गोली प्रहार गरेका हुन् । गोली प्रहार भएपनि श्राफलाई भने कुनै पनि चोटपटक लागेको छैन । गोली प्रहारबाट श्राफका कार चालक र नजिकै उभिएका एक व्यक्ति घाइते भएको बताइउको छ ।
फुटबल मैदानबाट बाहिरिँदै गरेका श्राफमाथि गोली प्रहार भएको हो ।
श्राफमाथि लरेन्स बिश्नोई गिरोहमा आबद्ध अनिल पण्डित नामका एक व्यक्तिको भिडियो सार्वजनिक गरी जिम्मेवारी लिएको पनि एनडीटीभीले लेखेको छ । अभिनेता सलमान खानसँग सँगै काम गरेको भन्दै उनीमाथि आक्रमण गरिएको पण्डितले बताएको सञ्चारमाध्यमले लेखेका छन् ।