काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। राष्ट्रपतिको सचिवालयले प्रतिवेदन पेस गरिएको जानकारी दिएको छ।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको हो।