काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ थियो। सो दिन पनि सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।