काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत सवारीसाधन कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले व्यक्तिगत सवारीसाधन कर्जाको ब्याजदर प्रिमियम र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको कृषि विकास बैंकको शाखामा सम्पर्क गरी कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि बैंकले गाडी खरिदका लागि तत्काल स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
विशेष अफर तथा सवारीसाधन कर्जासम्बन्धी थप जानकारीका लागि ग्राहकले नजिकको बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्। साथै, बैंकको कल सेन्टर नम्बर ०१–५९७०१६१ मा फोन गरी आवश्यक जानकारी लिन सकिने बैंकले जनाएको छ।