काठमाडौं । मोरङ र नवलपुरमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका झापाको गौरीगञ्ज गाउँपालिका–६ निवासी २८ वर्षीय वरुणकुमार राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीको रतुवामाई नगर अस्पताल, झुरकियामा उपचार भइरहेको क्रममा मृत्यु भएको हो।
यस्तै, पूर्वी नवलपरासी (नवलपुर)को कावासोती नगरपालिका–१६ मा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय सुरज विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको हो।