दोलखा । गएराति परेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा एक जना बेपत्ता भएका छन् भने चार जना भिरमा फसेका छन्।
वडा अध्यक्ष ङिमागेली शेर्पाका अनुसार बेपत्ता हुनेमा चसमान तामाङ रहेका छन्।
त्यस्तै, सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भिरमा फसेका छन्। उनीहरू सिप्रिङखोला जलविद्युत् आयोजनाको मुलखर्क ड्यामसाइट आसपास आएको बाढी–पहिरोमा परेका हुन्।
वडा अध्यक्ष शेर्पाका अनुसार भिरमा फसेकाहरूको उद्धार तथा बेपत्ता चसमान तामाङको खोजीका लागि जिल्ला प्रशासनसहित सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराइसकिएको छ। उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।