काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाएर अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । आईएमईले मंगलबार आयोजित कार्यक्रममा कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई गाडी हस्तान्तरण गरेको हो ।
विजेतालाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र टिक्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
योजनाअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ प्राप्त गरेका छन् । पाँच जनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । कम्पनीका अनुसार योजनाभर डिजिटल लक्की ड्रमार्फत ७५ जना विजेता छनोट भएका थिए ।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्स सेवा कागजी प्रक्रियाबाट डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गएको बताए । उनले साउदी अरेबियामा रहेका नेपालीलाई टिक्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउन आग्रह गरे ।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने ग्राहक लक्षित योजनाहरू बजार प्रवर्द्धनमा मात्र सीमित नभई सेवाग्राही र उनका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले ल्याइने बताए । आगामी दिनमा पनि यस्ता योजना निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए ।
आईएमईले पुस २१ देखि चैत १७ गतेसम्म सञ्चालन गरेको उक्त योजनाअन्तर्गत मुख्य पुरस्कारस्वरूप एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर, साप्ताहिक १२ जनालाई आइफोन १७ तथा पाँच जनालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको जनाएको छ ।
कम्पनीले आगामी अगस्ट १ देखि अक्टोबर ३१ सम्म ‘टिक्मो एन्ड विन फाइभ टाइम्स मोर’ योजना सञ्चालन गर्ने जनाएको छ ।