काठमाडौँ । रौतहटमा एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका-९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति शरीरमा पेट्रोल छर्की आत्मदाहाको प्रयास गरेको हो ।
उनको घाँटीमुनिको ३१.५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल गरुडा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।