काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि पुनः १४.२ केजी क्षमताको भरिएको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
यसअघि निगमले २९ फागुनदेखि ७.१ केजी (आधा सिलिन्डर) ग्यास मात्र बिक्री गर्दै आएको थियो। निगमले जारी गरेको सूचनाअनुसार बुधबारदेखि देशभर साविककै १४.२ केजी ग्यास सिलिन्डर भरी प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिनेछ।
निगमका अनुसार ७.१ केजी क्षमताका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म भने ७.१ केजी र १४.२ केजी दुवै क्षमताका ग्यास सिलिन्डर बिक्री–वितरण गरिने व्यवस्था कायम रहनेछ।
