काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार यही सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले सस्तो हुँदै ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ रहेको थियो।