काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७ हजार दुई सय रुपैयाँले बढेर तोलामा २ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलामा चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।