काठमाण्डौ – स्थानीय बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ५ हजार बढीले घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको उच्च गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिनपनि सुनको भाउ ३ हजार ६ सय रुपैयाँले घटेको थियो । यसरी दुई दिनको अन्तरालमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँले खस्किएको छ ।
आज १० ग्राम सुनको भाउ पनि २ लाख ३८ हजार ६ सय रुपैयामा झरेको छ ।
यो दिन चाँदी पनि २५० रुपैयाँले सस्तिएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।
उता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस ४ हजार डलर तल आईपुगेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ९९६ डलरमा कारोबार भईरहेको छ । डलरको बलियो बन्नु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर लामो समय उच्च राख्ने तथा थप वृद्धि गर्ने सम्भावनाले सुनमा भारी दबाब परेको छ। विश्वबजारमा सुनको भाउ प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत देखिएको हो ।