काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।