नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र पद्धति विपरीत काम गर्ने आरोप लगाएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वागत गरिएको विषयमा नेता रावलले यस्तो आरोप लगाएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्तिसरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो । देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’
आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो।देश,पार्टी र पदको गरिमाको रक्षा होस् ।
— Bhim Rawal, PhD (@BhimRawal179) December 13, 2020
नेता रावलले प्रधानमन्त्री ओलीका विवादित क्रियाकलापमा स्पष्ट धारणा व्यक्त गर्ने गरेका छन् । रावलले गलत क्रियाकलापको खुलेरै विरोध गर्दै आएका छन् । नेकपा विवादमा अनेक काण्ड जन्मिने गरेकोमा फेरि भाजपा विदेश विभाग प्रमुखको भ्रमण काण्ड पनि थपिने भएको छ । यसअघि भारतीय गुप्तचर संस्था रअ प्रमुखको भ्रमण काण्ड चर्चामा आइसकेको छ ।