काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।