काठमाडौँ । दंगीशरण गाउँपालिका-१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।
स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए ।
हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए।हाल आहाना, प्रतिकिलो रु. ८० र स्विटहनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु. ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।
तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जी खेती गर्ने उनीहरूको योजना छ ।