काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको ज्यान गएको छ ।
अस्पतालमा २ जना महिला तथा १ जना पुरुषको ज्यान गएको अस्पतालका डा. सविन थपलियाले जानकारी दिए ।
डा. थपलियाकाअनुसार २ जना महिला पहिलेदेखि नै शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए । अर्का पुरुष बिरामी अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भइसकेको थियो ।मृतक महिलामध्ये एकजना काठमाडौंको तारकेश्वर नगरपालिकाकी हुन् । २३ वर्षीय उनी लामो समयदेखि कलेजोको समस्याले ग्रसित भएको डा. थपलियाले बताए ।
यस्तै गोरखाकी ४० वर्षीय महिला किड्नीको डायलासिस गराइरहेकी थिइन् । उनको पनि कोरोना संक्रमणपछि मृत्यु भएको हो ।यस्तै धादिङका ४५ वर्षीय पुरुषको भने अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको उनले बताए । उनले मृतक पुरुषको निमोनियाको कारण मृत्यु भएको बताए ।